संसदमा विनोद चौधरीले ‘जब पर्यो राती, तब बुढी ताती’ भनेपछि...
काठमार्डौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्ने क्रममा आपत्तिजनक शब्द बोलेको भन्दै उनको भ्वाइस संसदको रेकर्डबाट हटाइएको छ । बिहीवार बजेटमाथिको छलफलमा बोल्ने क्रममा उनले नेपाली उखान ‘जब प¥यो राती तब बुढी ताती’ भन्ने शब्द प्रयोग गरेपछि एमाले सांसद दिपा शर्माले नियमापत्ति जनाइन् । सांसद चौधरीले लिखित रुपमा ल्याएको मन्तव्य पढिरहेका बेला महिला सांसदले एक्कासि नियमापत्ति जनाउँदै उठेपछि सांसद चौधरीले चकित परेर चस्मा फुकाल्दै महिला सांसदतिर हेरेका थिए ।
सांसद शर्माले प्रतिनिधिसभा नियमावलीको २१ को ‘घ’ मा संसदमा कसैलाई अपमान गर्न नपाइने लेखेको बताउँदै उखानलाई लिएर जहिले पनि नेपाली महिलामाथि आक्रमण गर्ने गरिएको बताइन् । उनले भनिन्– ‘यो कुरा कहिलेदेखि अन्त्य हुन्छ म सोध्न चाहन्छु । जहिलेपनि उखान टुक्का गर्दा महिलामाथि नै यो सदनमा बोलिनुपर्ने ? कहिलेदेखि नेपालको यो समाजलाई सुसंस्कृत, समान खालको बनाउने ? यो शब्द आपत्तिजनक छ । जब ‘पर्यो राती अनि बुढी ताती’ भन्ने उखान धेरै माननीयज्यूका मुखबाट सुनिरहेका छौँ । आजको दिनदेखि कुनैपनि माननीय सांसदहरुले विगतमा महिलामाथि बोलिने त्यस्ता शब्द नबोल्न आग्रह गर्दछु ।’
त्यसपछि सभामुख देवराज घिमिरेले सो उखान लैङ्गिक मैत्री नभएको भन्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिए । सांसद चौधरीले धान रोप्ने बेला भएपछि मात्र सरकार रासायनिक मल खोज्न हतारिने गरेको भन्दै सो सन्दर्भमा सरकारको काम ‘जब पर्यो राती तब बुढी ताती’ भन्ने उखान प्रयोग गरेका थिए । उनले त्यस्तो प्रवृतिले कहिले पनि किसानलाई खुसी राख्न नसकिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण