कसैले रोजगारी दिने उद्योग खोल्छ भने उसलाई सहुलियतमा विद्युत् दिऔँ : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेपालमा उत्पादित विद्युतको नेपालमै सदुपयोग गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले विद्युत् उपभोगमा सबैलाई प्रोत्साहित गर्ने र कालान्तरमा पेट्रोलियम आयात घटाउने भन्ने उद्घोषलाई बल पुर्याउन विद्युत् उपभोग बढाउनुपर्नेमा जोड दिए ।
उनले भने,‘ठूला ठूला यातायातका साधानहरु, जसले विद्युतीय बसहरु ल्याउँछन्, उनीहरुका लागि पूर्ण रूपले भन्सार निःशुल्क गरिनुपर्दछ । त्यो भयो भने एउटा नयाँ सिलसिलाको सुरुवात हुन्छ । बजेटले जनसांखिक लाभ लिनेपनि देखिँदैन । अहिले १५ देखि ५९ वर्षसम्मको मान्छेको संख्या ६२ प्रतिशत छ भनिन्छ । त्यो जनसंख्याको लाभ यो बजेटले यो सरकारले कसरी दिन्छ ? यो जनसंख्याको ११ प्रतिशत त आज बैदेशिक रोजगारीमा छ । बाँकी रहेकाहरुपनि बेरोजगार छन् । देशमा उद्योगधन्दाहरू स्थापना गर्ने, उद्योग धन्दाहरुलाई प्रोत्साहित गर्ने, देशभित्रै रोजगारी सिर्जना गर्ने भन्ने कुरालाई यो बजेटमा कहाँ समावेश गरेको छ ? बजेटमा वैदेशिक रोजगारीमै जाने व्यवस्थालाई बढी जोड गरिएको छ ।’
उनले अगाडि भने,‘मैले अस्ति नीति तथा कार्यक्रममा पनि भनेको थिएँ, केही यस्ता क्षेत्रहरुपनि निर्धारण गरौँ, जहाँ कसैले रोजगारमूलक उद्योगहरू खोल्छ, हजारौँ मानिसलाई रोजगारी दिने उद्योगहरू खोल्छ भने उसलाई विद्युतमा सहुलियत दिने व्यवस्थाहरु गरौँ ।’
सरकारले बजेटमा यस्ता नयाँ कुरा ल्याउन आँट नगरेको लिङ्देनले बताए । उनले सरकारलाई मल कारखाना खोल्ने बाटोमा अघि बढ्नका लागि आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण