सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बीएमसीए र पृथ्वी सेमिफाइनलमा

बिहीबार, २५ जेठ २०८०, १७ : ५०
बिहीबार, २५ जेठ २०८०

काठमाडौं । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र पृथ्वी स्कुल प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बीएमसीए सिनियर छात्र र पृथ्वी छात्रातर्फ सेमिफाइनल पुगेका हुन् ।

सिनियर छात्रतर्फ बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ अंकले पराजित ग¥यो । विजयी टोलीका लागि पारस गुरुङले ११ अंक जोडे । छात्रातर्फ पृथ्वीले टेरेसा एकेडेमीलाई ४१–३० अंकले हरायो । पृथ्वीकी बविता घिमिरेले १९ अंक बटुलिन् ।

सिनियर छात्रतर्फ भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३६–२५, ग्रिनल्यान्डले एचएचसीएलाई ५५–४८ र सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६–४२ अंकले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे । भ्याली पब्लिकका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ अंक जोडे ।

छात्रातर्फ भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ३३–२१, एचएचसीएले बीएमसीएलाई २७–२२ र हिमालयन किङडमले ग्रिनल्यान्डलाई ३५–३२ अंकले पन्छ्याउँदै सेमिफइनलमा स्थान बनाए । भ्याली पब्लिककी एन्जल गुप्ताले १२, एचएचसीएकी प्रमिका लामाले नौ र हिमालयन किङडमकी छिरिङ डोल्माले नौ स्कोर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप