बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
तापक्रम

तापक्रममा रेकर्ड ब्रेक : दुम्कौलीको तापक्रम ४३.८ डिग्री सेल्सियस मापन (सूचीसहित)

बिहीबार, २५ जेठ २०८०, २१ : ३३
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । जल तथा मौसम विभागका अनुसार देशका विभिन्न स्थानमा रेकर्ड ब्रेक तापक्रम मापन गरिएको छ । विभागका अनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले अघिल्लो उच्च रेकर्ड तोडेका छन् । 

यस्तै १३ स्टेशनहरुले यो वर्षको जुन महिनाको उच्च रेकर्ड तोडेका छन् । जसमा नवलपुरको दुम्कौलीको तापक्रम देशकै उच्च रेकर्ड गरिएको छ । 

दुम्कौलीको तापक्रम बुधबार ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । जहाँको तापक्रम यसअघि सन् १९७९ मा सबैभन्दा धेरै ४३.७ डिग्रीसेल्सियस रेकर्ड गरिएको थियो ।

12 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप