बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरका सामुदायिक विद्यालय असार १ सम्म बन्द हुने

शुक्रबार, २६ जेठ २०८०, १९ : २०
शुक्रबार, २६ जेठ २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरूमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बडेपछि बुधबारदेखि निजी विद्यालयहरू एक साताका लागि बन्द  भएका थिए ।  

यस्तै शुक्रबारदेखि सामुदायिक विद्यालयहरू पनि असार १ गतेसम्म बन्द हुने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार पत्राचार गर्दै असार १ गतेसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । 

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने प्रतिकुलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न निर्देशन दिइएको हो । साथै गर्मी बढेकाले विद्यार्थीको सिकाई अनुकूल नभएको नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप