बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापा भन्छन्–राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस हुनुपर्छ

शुक्रबार, २६ जेठ २०८०, १९ : ३८
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रका संवाहक शक्तिमाथि प्रश्न उठाएका छन् । शुक्रबार पार्टी आबद्ध जनवर्गिय संगठनहरुको संयुक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताए । 

अध्यक्ष थापाले राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस गर्नुपर्ने बताए । 

ठूला भ्रष्टाचार काण्डका फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्ने भन्दै थापाले भने,'वाइडवडी घोटाला, एनसेल करछली, ललिता निवास काण्ड, तेत्तीस क्विन्टल सुन काण्ड, सार्वजनिक जग्गा अतिक्रमण जस्ता जघन्य भ्रष्टाचारका काण्डहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ ।'  

अध्यक्ष थापाले नागरिकता विधेयकले देशको स्वाधीनताको रक्षा गर्न नसक्ने भन्दै उक्त विधेयक खारेज गर्नुपर्ने बताए । संघीयताले मुलुकको टाट पल्टाउने भएकोले संघीयता पनि खारेज हुनुपर्ने उनले बताए । 

अध्यक्ष थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको चुरोसम्म पुग्न र दोषीलाई कारबाही गर्ने हिम्मत गर्न समेत आग्रह गरे । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले देशको हितभन्दा पनि राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको भन्दै उनले असन्तुष्टि पोखे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप