सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानीमा आप्रवासन र शरणार्थी सम्बन्धी विवादास्पद विधेयक पारित

शुक्रबार, २६ जेठ २०८०, २० : ५२
शुक्रबार, २६ जेठ २०८०

टोकियो । जापानी संसद्को माथिल्लो सदनले आप्रवासन तथा शरणार्थी सम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद विधेयक शुक्रबार पारित गरेको छ । 

यो विधेयक धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्यकारी बन्नेछ । 

केही विपक्षी दलले यस कदमलाई अस्वीकार गरे तापनि जापानी प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र यसको कोमेइतो गठबन्धन सहयोगी र अन्य साना पार्टीहरूको समर्थनमा यो कानुन ल्याइएको हो । 

आप्रवासन र शरणार्थी कानुनको विवादास्पद संशोधनको यहाँ शरण खोज्नेहरूलाई समर्थन गर्न स्थापित संगठनहरूले कडा आलोचना गरेका छन् । उनीहरूले संशोधित कानुन लागू गरिएको र यसले गर्दा मानिसहरूलाई आफ्नो देशमा फिर्ता पठाउन सकिने बताएका छन् । 

जापानको प्रमुख विपक्षी ‘कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी अफ जापान’ले निष्पक्षता सुनिश्चित गर्न अध्यागमन अधिकारीले मात्र नभई तेस्रो पक्षबाट पनि प्रणालीको निरीक्षण गर्न माग गरेको छ र न्यायमन्त्री केन साइतोविरुद्ध निन्दा प्रस्ताव पेश गरेर एघारौं घण्टामा विधेयक पारित हुनबाट रोक्ने प्रयास गरेको थियो ।  

जापानको संसद्को माथिल्लो सदनमा उक्त प्रस्तावमाथि बुधबार मतदान भएको थियो ।    जापानमा सन् २०२२ मा तीन हजार ७७२ आवेदकहरूमध्ये २०२ जनालाई शरणार्थीको दर्जा दिइएको थियो ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप