१२ वर्ष पछाडि नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान
शनिबार, २७ जेठ २०८०, १५ : २२
सोलुखम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ । समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो।
यहाँ १२ वर्षअघि पनि यस्तै तापक्रम बढेको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको होण्। विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहदै आएको थियो । नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै थप पानी पर्ने सम्भावना छैन । छिटपुट वर्षा हुन सक्छ तर तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण