लालबकैया नदीको पानी सुक्यो
रौतहट । रौतहटको मध्यभागस्थित लालबकैया नदीको पानी सुकेको देखिएको छ।सुख्खायामसँगै सात दशकयता पहिलो पटक लालबकैया नदीको पानी सुकेको हो।
जङ्गल क्षेत्र भन्दा उत्तरतर्फ जेजस्तो अवस्था रहे पनि जंगलासहिया घाटदेखि दक्षिण अर्थात कटहरिया नगर क्षेत्र र देवाही गोनाही मौलापुरघाट लालबकैया नदीमा सबै मौसममा पानीको बहाव हुने गरेको थियो। तर पछिल्लो केही दिनदेखि बढेको गर्मीसँगै कटहरिया घाटदेखि मौलापुर घाटसम्म लालबकैया नदीको पानी सुकेको हो।
आफ्नो जीवनकालमा लाल बकैया कटहरिया घाटदेखि टिकुलिया मौलापुर घाटसम्म पानी सुकेको पहिलो पटक देखेको स्थानीय ७० वर्षीय पुनित यादवले बताए।
मावि कटहरियाका शिक्षक अचल कुमार शाहीले पनि लालबकैया नदीको पानी सुक्नु सबैको लागि एउटा सन्देश भएको बताउँदै पानी बचाउ अभियानका लागि वृक्षारोपण गरी आउँदो पुस्ताको भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण