बृहत् लुम्बिनी क्षेत्रमा भेटिए ६५२ सारस
बुटवल । बृहत् लुम्बिनी क्षेत्रमा सारस चरा गणना गर्दा ६५२ वटा पाइएका छन् । नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणका क्रममा दुर्लभ श्रेणीमा रहेका ६५२ वटा सारस सो क्षेत्रमा फेला परेको जनाएको छ ।
स्मरण रहोस्, यस भन्दा अगाडि यो क्षेत्रमा कति सारस थिए भन्ने यकिन थिएन ।
सारसलाई नेपालका ९ वटा संरक्षित पक्षीहरुको सूचीमा राखिएको छ । डब्लुडब्लुएफ नेपाल र इन्टरनेशनल क्रेन फाउन्डेसनको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र परासीमा अध्ययन सर्वेक्षण गरिएको पन्छी अनुसन्धानकर्ता डा. हेमबहादुर कटुवालले जनाए ।
उनका अनुसार २८ जनाको १४ वटा टोलीले गरेको सर्वेक्षणका क्रममा कपिलवस्तुमा २ सय, रुपन्देहीमा ३८२ र परासीमा ७० वटा सारस भेटिएका हुन् ।
गत अप्रिल र मे महिनाको बीचमा बृहत् लुम्बिनी क्षेत्रमा ९३ वटा, ५–५ किलोमिटर ग्रिडहरूमा टोलीले बृहत् व्यवस्थित सर्वेक्षण गरेको थियो ।
सारस विशेष गरी कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गैंडहवा ताल, खडैया इटा भट्टा, दुई मुहान, माझगाउँ, औरधौली पूर्व, बबई दुर्गा मन्दिर, आजमघाट तथा परासीको नन्दन तालमा गणना गरिएको हो ।
साइटिसले अनुसूची २ र आईयुसीएनको रातो किताबमा संवेदनशील सूचीमा राखिएको सारस सिमसार क्षेत्रमा बसोबास गर्छ ।
सारसको सङ्ख्या मात्र नभई यसको भौगोलिक वितरण र वासस्थानको संरक्षणका चुनौती पत्ता लगाउने तथा सारस र मानवबीचको सम्बन्ध र सारस संरक्षणका सम्बन्धमा स्थानीय बासिन्दाको धारणा बुझ्ने प्रयास अध्ययन टोलीले गरेको सोसाइटीका महासचिव हरिप्रसाद शर्माले बताए ।
उनले क्षेत्रीय अवलोकन र अध्ययन अनुसन्धानमार्फत चितवनदेखि कञ्चनपुरसम्म फैलिएको १० जिल्लामा सारस क्रेनको उपस्थिति पुष्टि गरेको खुलाए ।
शर्माका अनुसार नेपालको कुल क्षेत्रफलको लगभग साढे ४ किमी सारस क्रेनको लागि उपयुक्त वासस्थान भएको अनुमान गरिएको छ । सो क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर पछिल्लो समय ३६ सारसको मृत्यु भएको पनि सर्वेक्षणका क्रममा भेटिएको छ ।
नेपाललगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने ठुलो चराका रूपमा रहेको यो प्रजातिको सारस ६ फिटसम्म अग्लो हुन्छ । यो उड्ने चरामध्ये सबैभन्दा अग्लो चरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण