दुर्घटना
प्युठान कार दुर्घटना अपडेट : ८ जनाको मृत्यु
सोमबार, २९ जेठ २०८०, १७ : ५६
दाङ । प्यूठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा कार दुर्घटना हुँदा ४ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवार ४ बालबालिकासहित २ पुरुष र २ महिला गरी ८ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाले जानकारी दिए ।
घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेको थापाले बताए । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रवक्ता थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण