शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

प्युठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना, ८ जना गम्भीर घाइते

सोमबार, २९ जेठ २०८०, १६ : २८
सोमबार, २९ जेठ २०८०

दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्  । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो । 

लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिका सहित ८ जना गम्भीर घाइते भएको  इलाका प्रहरी कार्यालय भिग्रीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काका अनुसार दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई अस्पताल लैजाने काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप