मनसुन भित्रिन अझै केही दिन लाग्ने, चार दिन लूको सम्भावना
काठमाडौँ । यस वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ दिएको जानकारी अनुसार नेपालमा वर्षाको आगमन औसत मिति (जुन १३ तारिख) भन्दा एक–दुई दिन ढिलो भित्रिने भएको हो ।
महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश र भुटानसम्म आइपुगेको जनाएको छ । नेपालको पूर्वी भू-भाग कोशी प्रदेशमा मनसुन भित्रनको लागि अझै केही दिन लाग्ने महाशाखाले बताएको हो ।
केही दिनदेखि देशका मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको भन्दै महाशाखाले अझै चार दिन लूको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकालगायत अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भइरहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले गरेको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ ।
महाशाखाले आगामी चार दिन (जेठ ३० देखि असार १ गते) सम्म तातो हावा तथा लूको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण