कोशी प्रदेश सरकारद्वारा वार्ताको औपचारिक आह्वान
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको नामकरणको विरोध गर्दै आएको संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।
प्रदेशका मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूको संयोजकत्वमा गठित वार्ता टोलीको सोमबार बसेको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको हो ।
समितिमा मेन्याङ्बोसहित प्रदेश सरकारका मन्त्रीद्वय भक्तिप्रसाद सिटौला र बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।
‘कोशी प्रदेश नामकरण भएपछि नामकरणका विषयमा केही समयदेखि असन्तुष्टि र विरोधका घटना हुँदै आएकोले प्रदेश नामकरणका सम्बन्धमा असन्तुष्ट पक्षसँग वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने प्रयोजनका लागि प्रदेश सरकार, कोशी प्रदेश मन्त्रीपरिषद्को मिति २०८०÷०२÷२४ गतेको निर्णय अनुसार निम्न अनुसार वार्ता समिति गठन भएको ब्यहोरा जानकारी गराउँदछु,’ वार्ता समितिलाई उद्धृत गर्दै मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास श्रेष्ठले आव्हान गर्दै पत्र लेखेका छन्, ‘साथै उल्लेखित वार्ता टोलीको मिति २०८०/०२/२९ गते बसेको बैठकबाट आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता एवं संवाद गर्ने निर्णय भए अनुसार वार्ताको लागि आव्हान गरिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण