जसपाले गर्यो अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन
सोमबार, २९ जेठ २०८०, २० : ०४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापालाई उक्त विभागको प्रमुख तोकेको थियो । थापा लामो समयदेखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्हाल्दै आएका छन् ।
बैठकले विभागको सचिवमा भरत गुरुङलाई चयन गरेको छ । विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन् ।
जसपाले संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग यसअघि गठन गरिसकेको छ भने अन्य विभागहरु गठन गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण