पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि दुर्व्यवहार
सोमबार, २९ जेठ २०८०, २० : १२
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् ।
विद्यार्थीहरुले दाहाललाई उनकै निवासमा सोमवार कालोमोसो दलेका हुन् । आफूहरुले विगत पाँच महिना अगाडि राखेका विभिन्न माग पुरा गर्नुको साटो एकलौटी गर्न खोजेपछि कालोमोसो दलिएको नेविसंघका नेता योगराज दाहालले बताए ।
पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौं समस्या समाधानका लागि लामो समय विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगले सुनुवाइ नगरेको विद्यार्थीहरुको भनाई छ ।
उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरेपनि सेवा आयोगले बेवास्ता गरेको उनीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण