अश्लील तस्बिरमा युवतीको तस्बिर जोड्ने पक्राउ
मङ्गलबार, ३० जेठ २०८०, १५ : ३२
काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्महरूमा युवतीको तस्बिर र नाम राखी नक्कली प्रोफाइल खोल्नुका साथै अश्लील तस्बिर तथा भिडियोहरूमा अनुहार जोडेर चरित्रहत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१४ घर भएका ४२ वर्षीय रामकुमार सुनार रहेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले सुनारलाई विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरेको हो । उनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार छ दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण