जनकपुर उपमहानगरका मेयर साह फर्किए कांग्रेसमा
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह नेपाली कांग्रेसमै फर्किएका छन् ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन विपरीत जनकपुरधाम उपमहानगरको मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसले साहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
कांग्रेस जनकपुर उपमहानगरपालिका कार्यसमितिका सभापति साहले पार्टीबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवार दिएका थिए ।
कांग्रेसले जनता समाजवादी पार्टीका लालकिशोर साहलाई समर्थन गरेपछि साहले विद्रोह गरे । पार्टीको उपमहानगर सभापति पदको माया मारेर स्वतन्त्र उम्मेदवारी दिएर उनले चुनाव पनि जितेका थिए ।
चुनाव जितेपछि मेयर साह कांग्रेसको गतिविधिमा सामेल हुन थालिसकेका थिए ।
पार्टीको आदर्श सिद्धान्त र उद्देश्य अनुसार क्रियाशील रहने भन्दै पार्टीमा निवेदन दिएपछि उनमाथिको कारबाही फुकुवा भएको हो । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाका अनुसार पूर्ववत् जिम्मेवारी कायम हुने गरी साहको कारबाही फुकुवा भएको छ । कांग्रेसमा विद्रोह गरी बर्दिबास नगरपालिकाका मेयर जितेका प्रल्हादकुमार क्षेत्री पनि पार्टीमा फर्किसकेका छन् ।
कांग्रेसमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेर जितेका पालिका प्रमुखहरु पार्टीमा एक-एक गरी फर्किरहेको संयोजक ढुंगानाले बताए । स्थानीय तह निर्वाचनमा ३२९ पालिका जितेको कांग्रेसले २ पालिका थपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण