सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई २३ औं वर्षमा प्रवेश, रेमिटेन्स सेवालाई थप परिष्कृत बनाइने

मङ्गलबार, ३० जेठ २०८०, २१ : ४३
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । आइएमई लिमिटेड स्थापनाको २३औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले  सोमबार काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेको छ । 

“निरन्तर सहयात्रा विश्वासको” भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरुका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो । 

कार्यक्रममा आइएमई ग्रुपका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राहीहरु, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरु, व्यावसायिक साझेदारहरु, कर्मचारीहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरे । 

ग्राहकको रोजाई, आवश्यकता तथा बजारको गतिशिल भइरहेको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिटेन्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजाने बताए । प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्राई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिवद्ध रहेको र आफ्ना व्यवसायहरुलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने उल्लेख गरे ।

सोही अवसरमा आइएमई लिमिटेडका सञ्चालक तथा आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रवर्द्धन गरी Fintech को अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप परिष्कृत,सरल र विविधीकरण तर्फ लैजाने बताए ।

त्यसैगरी उपस्थित सम्पूर्ण व्यक्तिहरुलाई कार्यक्रममा स्वागत गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आइएमई आफ्ना विविधिकृत सेवाहरुको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने बताए ।

उक्त समारोहमा कम्पनीमा १० वर्ष भन्दा लामो समयदेखि सेवारत कर्मचारीहरु तथा लामो समयदेखि कम्पनीमा आबद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका विजेता र उपबिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । 

कलाकार तथा कम्पनीका ब्राण्ड एम्बेसडर द्वय दीपकराज गिरी तथा दिपाश्री निरौलाको समेत सहभागिता रहेको सो समारोहमा कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति तथा कम्पनीका कर्मचारीहरुको विभिन्न सांस्कृतिक प्रस्तुति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप