मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री प्रचण्ड आज दाङ आउँदै

बुधबार, ३१ जेठ २०८०, ०७ : ०५
बुधबार, ३१ जेठ २०८०

दाङ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ आउन लागेका छन् । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पाँचौँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री दाहाल आज दाङ आउन लागेका हुन् । 

आज बिहान साढे ११ बजे प्रधानमन्त्री दाहाल दाङ आइपुग्ने  नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रसाद लामिछाने जानकारी दिए ।

१२ वर्षदेखि रोकिँदै आइरहेको नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा विश्वविद्यालयका ५७५  जना विद्यार्थीहरू दीक्षित हुन लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप