जापान : प्रशिक्षार्थीले गोली चलाउँदा दुई सैनिक प्रशिक्षक मृत्यु
बुधबार, ३१ जेठ २०८०, २१ : ०९
टोकियो । जापानको एक सैन्य तालिम केन्द्रमा नयाँ भर्ती भएका सैनिकले गोली चलाउँदा दुई जापानी प्रशिक्षक सैनिकको मृत्यु भएको र एक जना घाइते भएका छन्। १८ वर्षीय ती प्रशिक्षार्थीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको र हत्या प्रयासको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती प्रशिक्षार्थीले बुधबार गिफुमा गोली चलाउने अभ्यासका क्रममा प्रशिक्षकहरूमाथि आठ पटक गोली प्रहार गरेका थिए। मारिनेहरूमा एक २५ वर्षीय पुरुष पनि रहेको अधिकारीहरूले बताएका छन्। घटनाका अन्य पीडितहरुको विवरणहरू अझै पत्ता लागेको छैन । तर उनीहरू सबै प्रशिक्षकहरु नै रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण