नेपाल र फिलिपिन्सबीच मैत्रीपूर्ण फुटबल आज
बिहीबार, ३२ जेठ २०८०, ०७ : ४२
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार फिलिपिन्ससँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।
भारतमा आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असारको पहिलो साता भारतको बेंगलुरुमा सुरु हुनेछ ।
साफ च्याम्पियनसिपमा यसपटक नेपालसँगै आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदै छन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ च्याम्पियनसिप खेल्न लागेका हुन् ।
नेपाल प्रतियोगिताको समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण