हरिकृष्णको प्रष्टीकरण -मलाई सर्वोच्च अदालतमा जानै मन थिएन
काठमाडौँ । संसदीय सुनवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूलाई सर्वोच्च अदालत जाने मनै नभएको प्रष्टीकरण दिएका छन् ।
समितिको बैठकमा प्रष्टीकरण दिँदै उनले भने -'मलाई सर्वोच्च अदालतमा जान मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले तपाइँको भूमिका अब न्यायपालिका खोजेको छ भन्नुभयो, उहाँले पटक पटक अनुरोध गर्नुभएपछि म सर्वोच्च गएको हुँ ।'
न्यायमा ढिलाइ भएको आरोपप्रति उनले जनशक्ति नै कम भएको दाबी गरे । उनले भने -'हामीले लामो समयदेखि पूर्ण सङ्ख्यामा न्यायाधीश पाउन सकेका छैनौ । अझै ५ जना न्यायाधीशको पद खाली छ ।'
न्यायालय सुधारका लागि अनौपचारिकहरूमा प्रत्येक दिन फुलकोर्ट बस्ने गरेको उनले बताए । तत्कालै अटोमेसन लागू गर्न अझै धेरै पूर्वाधार अभाव देखिएको उनको दाबी छ । सबै न्यायाधीशहरूको पूर्ण सहमति अनुसार गोला प्रणाली सुरु गरिएको भन्दै कार्कीले २०८० असार मसान्तसम्ममा ५ वर्ष कटेका मुद्दालाई शून्यमा झार्ने योजना रहेको सुनाए ।
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले प्रष्टीकरण दिने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण