पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ सडक बन्द
हेटौँडा । गए राति परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोक पथ र हेटौँडा कुलेखानी सिस्नेरी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राती परेको वर्षाको कारण कान्तिलोक पथ अन्तर्गतको ललितपुरको भट्टे डाँडामा पहिरो खस्दा सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ । पहिरोका कारण केही सवारी साधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
_BVvgGcHyfz.jpg)
त्यस्तै पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने हेटौँडा कुलेखानी सिस्नेरी सडक खण्ड अवरुद्ध भई यातायात सेवा बन्द भएको छ । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीमा बिहीबार बिहान ५ बजेको समयमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा काठमाडौँ हेटौँडा आवतजावत गर्नै सवारी साधनहरू बाटोमै रोकिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाए लगत्तै सडक सञ्चालनमा ल्याइने उनले बताए ।
हेटौँडाबाट काठमाडौँ आवत जावतका लागि वैकल्पिक सडकको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
_e7WCHYa6T1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण