सांसदको प्रश्न : क्याम्पसमा लागेको ताला खोल्न जानुपरेको हो ?
काठमाडौँ । रास्वपा सांसद हरि ढकालले चितवनस्थित रामपुर क्याम्पसमा लागेको ताला सरकारले नखोले आफु र आफ्नो पार्टीका अध्यक्षले खोल्न जानुपर्ने हो ? भनेर सरकारलाई प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीले समेत अध्यापन गरेको उक्त क्याम्पसमा ताला लागेको ६ महिना भन्दा बढी हुँदा पनि ताला खोलनतिर ध्यान नगएको भन्दै सरकारको ध्यनाकर्षण गराए ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले विश्वविद्यालयहरुमा अराजकता बढेको भन्दै त्यस काममा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेका बताए । उनले भने, ‘विश्वविद्यालयहरुको यो हालत बनाउन सत्तारुढ दलका कार्यकर्ताको हात छ ।’ त्यस्तै रास्वपाकै अर्का सांसद सोविता गौतमले जलवायु परिवर्तनका कारण भयाबह स्थिति आइरहेको भन्दै त्यसमा सरकारले गर्नुपर्ने कामहरु समेत नगरिरहेको बताइन् ।
‘देशभर अत्याधिक गर्मी बढेको छ, लुको कहर छ । हिमाल नांगिएका छन्, डाँडापाखा कंक्रिट बनेका छन्’, सांसद गौतमले भनिन्– ‘सरकारले जलवायु परिवर्तनको भयावह स्थिति नआउन दिन गर्ने भनेको काम समेत गरेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण