कोशी प्रदेश बजेट
कोशी प्रदेश सरकारको बजेट आजै सार्वजनिक हुने
बिहीबार, ३२ जेठ २०८०, १३ : ३५
विराटनगर । कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले दिएको जानकारी अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने भएको हो ।
उनले आर्थिक मामिला तथा योजना कार्यालयमा सार्वजनिक गरिने बताए ।
कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले बजेट ल्याउन लागेको हो । चलिरहेको बजेट अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण