आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हराएका २२ वटा दुई पाङग्रे सवारीसाधन ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

बिहीबार, ३२ जेठ २०८०, २० : ४०
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । हराएका २२ वटा दुई पाङग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १५ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।  

योसँगै चालु आर्थिक वर्षमा ४ सय ६५ वटा सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ, भने ३० वटा चोरीका २ पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका कपन, गौशाला,  सातदोबाटो, नयाँ बसपार्क, सुकेधारा, कोटेश्वर, बालाजु, सोह्रखुट्टे, चोभार, चापागाउँ लगायतका स्थानमा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप