विधान अधिवेशनको तयारीका लागि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
बिहीबार, ३२ जेठ २०८०, २१ : १६
काठमाडौँ । जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपाले विधान अधिवेशनको तयारीका बारेमा छलफल गर्न असार ९ गतेका लागि बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरुले पठाएको सुझावहरू समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने छ । जसपाले असार १०, ११ र १२ गते काठमाडौँमा विधान अधिवेशन गर्दैछ ।
विधान अधिवेशनमा विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरू सहभागी हुने पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण