प्रभु बैंक र नेथनबीच ‘इन्भेस्ट फर इम्प्याक्ट नेपाल’ कार्यक्रमका लागि सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेड र नेथन एसोसिएट्स लन्डन लिमिनेटद्वारा कार्यान्वयन गरिने कार्यक्रम इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सँग इन्भाइरोमेन्टल सोसियल एन्ड गभर्नेन्स (ईएसजी) र इन्भेस्टमेन्ट रेडिनेससम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ ।
नेथन एसोसिएट्सका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आईआईएनका तर्फबाट नेथनका नेपाल प्रतिनिधि विवेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात् प्रभु बैंक र आईआईएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर ईएसजीको बढ्दो महत्वलाई अझ विस्तृत रूपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।
नेथन ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), डच इन्चरप्रेन्युरियल डेभेलप्मेन्ट बैंक (एफएमओ) र स्वीस एजेन्सी फर डेभेलप्मेन्ट बैंक (एसडीसी) द्वारा संयुक्त रूपमा स्थापना भएका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण