बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंक र नेथनबीच ‘इन्भेस्ट फर इम्प्याक्ट नेपाल’ कार्यक्रमका लागि सम्झौता

बिहीबार, ३२ जेठ २०८०, २२ : २२
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । प्रभु बैंक लिमिटेड र नेथन एसोसिएट्स लन्डन लिमिनेटद्वारा कार्यान्वयन गरिने कार्यक्रम इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सँग इन्भाइरोमेन्टल सोसियल एन्ड गभर्नेन्स (ईएसजी) र इन्भेस्टमेन्ट रेडिनेससम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ । 

 नेथन एसोसिएट्सका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आईआईएनका तर्फबाट नेथनका नेपाल प्रतिनिधि विवेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात् प्रभु बैंक र आईआईएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर ईएसजीको बढ्दो महत्वलाई अझ विस्तृत रूपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ । 

नेथन ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), डच इन्चरप्रेन्युरियल डेभेलप्मेन्ट बैंक (एफएमओ) र स्वीस एजेन्सी फर डेभेलप्मेन्ट बैंक (एसडीसी) द्वारा संयुक्त रूपमा स्थापना भएका हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप