असारे विकासको चटारो सुरु : पहिलो दिनमै ३ अर्ब बढीको भुक्तानी
काठमाडौँ । यसअघिकै निरन्तरता असार लागेसँगै बजेट खर्चको चटारो सुरु भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार असारको पहिलो दिनमा नै सरकारी कोषबाट ३ खर्ब बढी भुक्तानी भएको हो । कार्यालयका अनुसार यस्तो भुक्तानी एकै दिन पुँजीगत (विकास) खर्चतर्फ १ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बराबरको भएको छ भने चालु (नियमित) खर्चतर्फ १ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ बराबर भएको छ ।
यद्यपि, चालु आर्थिक वर्षको ११ महिना विितसिक्दा हालसम्म कुल बजेट कार्यान्वयनको ६५.५६ प्रतिशत मात्र सफलता हात लागेको छ । महालेखा नियन्त्रणको कार्यालयका अनुसार असार १ गतेसम्म चालूतर्फ ८ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ अर्थात् विनियोजित बजेटको ७४.१५ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगत खर्चतर्फ १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख रुपैयाँ (४०.२४ प्रतिशत) मात्र खर्च हुन सकेको छ ।
यसले पनि सरकारमाथि पुँजीगत खर्च बढाउन दबाब परेको छ । यसअघि रोकिएका भुक्तानी रिलिज गर्ने देखि बाँकी अधुरा कामलाई सक्न बढी कसरत गर्दा असार महिनामा बढी बजेट खर्च हुने देखिन्छ । यता, राजस्वतर्फ भने ११ महिना बित्दा सबैगरी लक्ष्यको ६०.३६ प्रतिशत अर्थात् ८ खर्ब ८० अर्ब ३८ करोड ७९ लाख रुपैयाँ उठ्न सकेको अवस्था छ । सरकारले चालु आर्थिक वर्षमा राजस्व, गैर राजस्व, अनुदान र अन्य गरी कूल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण