लोकसेवा आयोगले समयानुकूल पाठ्यक्रममा सुधार गर्नुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउनको लागि लोकसेवा आयोगले समयानुकूल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार लोकसेवा आयोगको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भूमिका खेल्नुपर्ने बताए ।
उनले लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताए । उनले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको भन्दै आयोगले गलत भर्ना नीति र प्रक्रियालाई निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले कर्मचारी छनोट,भर्ना प्रक्रियाको परीक्षण विधिहरुमा समय सापेक्ष सुधार गर्न जरुरी भएको उल्लेख गरे ।
उपराष्ट्रपति यादवले उच्च नैतिकवान् र उत्प्रेरित कर्मचारीले मात्रै सुशासन कायम टेवा पु¥याउने गरी कर्मचारी छनोट गर्नुपर्ने बताए । उनले सुशासन समग्र सिद्धान्त, व्यवहार र जनताले अनुभूति गर्ने विषय समेत भएकाले यसलाई नारामा मात्रै सीमित राख्न नहुने बताए । उनले आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान चुनौतीहरूको सामना गर्नसक्ने जनशक्ति प्रवेश गराउने हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण