खानेपानी मन्त्रीले निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्र निरीक्षण गर्दै भने– गुणस्तरमा कुनै सम्झौता हुँदैन
काठमाडौं । खानेपानी मन्त्री महिन्द्र राय यादवले आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोवीघाटमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरुको शुक्रबार स्थलगत अवलोकन गरेका छन् ।
मन्त्री यादवले निर्माण भइरहेको र निर्माण व्यवसायीले अलपत्र पारी ठेक्का रद्द गरिएको फोहोरपानी प्रशोधन केन्द्रहरूका साथै गोकर्ण, हनुमानघाट लगायतका स्थानमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माणको अवस्था, कार्यप्रगति, परामर्शदाताको भूमिका, निर्माण व्यवसायीका समस्या लगायतका विषयमा जानकारी लिए ।
धोवीघाट, गोकर्ण, हनुमानघाट लगायतका फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्यलाई अझ प्रभावकारीरूपमा अगाडि बढाउन निर्देशन दिँदै मन्त्री यादवले भने, ‘फोहोरपानी प्रशोधन केन्द्रहरू तोकिएको समयमै सम्पन्न हुनुपर्छ, त्यसका लागि सबैले उच्च मनोबलका साथ काम गर्नुपर्छ, निर्माण व्यवसायीहरूलाई काम गर्ने वातावरण बनाउनुपर्छ, सहजीकरण गर्नुपर्छ ।’
उनले काम सम्पन्न गर्नुपर्ने मिति र कामको गुणस्तरमा कुनै सम्झौता नुहने पनि प्रस्ट पारे । समयमा काम सम्पन्न नहुँदा लागत बढ्ने र देशलाई नोक्सान हुने भएकाले कानुन बमोजिम त्यस्ता ठेक्का रद्द गरेर भए पनि काम सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।
खानेपानी मन्त्रालयका सचिव राम आधार साहले निर्माण व्यवसायीले काम छाडेर अलपत्र पारेका कारण ठेक्का रद्द गरिएको धोवीघाटको दोस्रो फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य अगाडि बढाउनका लागि सरकारबाट स्रोत सुनिश्चित गर्न मन्त्रालयबाट पहल भइरहेको जानकारी दिए ।
खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले धोवीघाटका दुईवटा फोहोरपानी प्रशोधन केन्द्र एकअर्कासँग आवद्ध रहेकाले अर्को केन्द्रको निर्माण कार्य समेत यथाशीघ्र अगाडि बढाउन स्रोत सुनिश्चितताको आवश्यकता औंल्याइन् ।
आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले धोवीघाटमा निर्माणाधीन प्रतिदिन ७ करोड ४० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका दुई वटा फोहोरपानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको केन्द्रको निर्माण कार्य आगामी तीन महिनाभित्र सम्पन्न हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण