बजेट वर्गीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनको अन्त्य हुने गरी आउनुपर्छ : सांसद पौडेल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्गीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनको अन्त्य हुने गरी बजेट आउनुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समान रूपमा आउनुपर्ने बताए । आफूहरू वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुने गरी राज्यको अग्रगामी पुनः संरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यस्ता उत्पीडनको अन्त्य हुने गरी बजेट आउनुपर्ने बताए ।
मन्त्रीले दुई, चारवटा बजेट हाल्नु स्वाभाविक भए पनि देख्न र हेर्नै नसक्ने गरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु नहुने उनले बताए । उनले बजेटले कुनै पनि क्षेत्रका जनतालाई अन्याय गर्नु नहुने बताए । पौडेलले भने, ‘असफल भइसकेको, बगिसकेको खोला फर्किन्न भनेजस्तै । पड्किइसकेको गोली फर्किन्न भनेजस्तै त्यही प्रणाली फर्काउने र त्यतैपट्टी केन्द्रित भएर अहिलेको प्रणालीलाई हामीले आक्रमण गर्ने काम नगरौँ । संविधान विपरीत हुन्छ । यो बिन्दुबाट समाजवादी प्रणाली निर्माण गर्नको निम्ति अगाडी बढ्नु अबको आवश्यकता हो । यो जनताले ल्याएको व्यवस्था हो । त्यसकारण अगाडी बढ्नुको विकल्प छैन । अगाडी बढ्न त्यस प्रकारका रचनात्मक छलफल र बहसको खोजी गरेर अगाडी बढौँ ।’
उनले भने, ‘वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुने गरी राज्यको अग्रगामी पुनः संरचना भनेका छौँ । अनि एउटै क्षेत्रमा बजेट हाल्ने । मन्त्री भइसकेपछि दुई, चारवटा बजेट हाल्नुभएकोमा तपाईँलाई जनताले भन्छन् स्वागतयोग्य कुरा हो । तर देख्नै नसकिने गरी नगरिदिनु होला । त्यसो गरे क्षेत्रीय रूपमा उत्पीडनमा परेका भूगोल, उत्पीडनमा परेका ठाउँहरू अन्यायमा पर्छ । अन्याय नसहने भनेर यो संविधान बनाएको हो नि । फेरी यो प्रणालीमा आएर पनि कुनै क्षेत्रका जनतालाई अन्याय ग¥यौँ भने त राम्रो हुँदैन नि ।’
उनले स्थानीय, प्रदेश र सङ्घ सरकारका बीचमा नीति, कार्यक्रम र बजेटको सन्दर्भमा तादाम्यता नमिलेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग
-
प्रिसा साह मृत्यु प्रकरण : ओडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो
-
प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबिनका लागि कूटनीतिक पहल
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य