ऋत बास्केटबलमा एक सय २० टोली

काठमाडौँ । ऋत एकेडेमीको आयोजनामा हुने दोस्रो ऋत एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा एक सय २० टोलीको सहभागिता रहने भएको छ । ब्वाइजतर्फ ९६ र गल्र्सतर्फ २४ टोलीले भाग लिने निश्चित भइसकेको जानकारी ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले दिए ।
प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि छात्रवृत्ति दिइने छ । विजेताले सात हजार नगद पुरस्कारसहित एक सय प्रतिशत छात्रवृत्ति पाउने छन् ।
यसैगरी उपविजेतालाई पाँच हजार रुपैयाँ नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेस्रो हुने टोलीका खेलाडीलाई तीन हजार पाँच सय रुपैयाँ नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । दुई दिने नकआउट प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजक ऋतको आफ्नै कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर