ऋत बास्केटबलमा एक सय २० टोली
काठमाडौँ । ऋत एकेडेमीको आयोजनामा हुने दोस्रो ऋत एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा एक सय २० टोलीको सहभागिता रहने भएको छ । ब्वाइजतर्फ ९६ र गल्र्सतर्फ २४ टोलीले भाग लिने निश्चित भइसकेको जानकारी ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले दिए ।
प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि छात्रवृत्ति दिइने छ । विजेताले सात हजार नगद पुरस्कारसहित एक सय प्रतिशत छात्रवृत्ति पाउने छन् ।
यसैगरी उपविजेतालाई पाँच हजार रुपैयाँ नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेस्रो हुने टोलीका खेलाडीलाई तीन हजार पाँच सय रुपैयाँ नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । दुई दिने नकआउट प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजक ऋतको आफ्नै कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण