सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा मंसिरमा लगानी सम्मेलन हुने

शुक्रबार, ०१ असार २०८०, २० : ५९
शुक्रबार, ०१ असार २०८०

जनकपुरधाम । मधेस प्रदेशमा अगामी मंसिरमा लगानी सम्मेलनको आयोजना हुने भएको छ । अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार  बजेट प्रस्तुत गर्दै अगामी मंसिरमा लगानी सम्मेलनको आयोजना गर्ने बताएका हुन् । उक्त सम्मेलन आयोजना गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।

अर्थमन्त्री यादवले प्रदेशको उद्योग, व्यापार, कृषि, स्वास्थ्य र सेवा व्यवसायको स्थापना विस्तार र आधुनिकीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट थप लगानी प्राप्त गर्ने वातावरण तयार गर्नका लागि लगानी सम्मेलन आयोजना गर्ने व्यवस्था मिलाइएको बताए । सो सम्मेलनबाट मधेश प्रदेशको समग्र विकासमा टेवा पुग्ने उदेश्य लिइएको अर्थमन्त्री यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप