मधेस प्रदेशमा मंसिरमा लगानी सम्मेलन हुने
शुक्रबार, ०१ असार २०८०, २० : ५९
जनकपुरधाम । मधेस प्रदेशमा अगामी मंसिरमा लगानी सम्मेलनको आयोजना हुने भएको छ । अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार बजेट प्रस्तुत गर्दै अगामी मंसिरमा लगानी सम्मेलनको आयोजना गर्ने बताएका हुन् । उक्त सम्मेलन आयोजना गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।
अर्थमन्त्री यादवले प्रदेशको उद्योग, व्यापार, कृषि, स्वास्थ्य र सेवा व्यवसायको स्थापना विस्तार र आधुनिकीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट थप लगानी प्राप्त गर्ने वातावरण तयार गर्नका लागि लगानी सम्मेलन आयोजना गर्ने व्यवस्था मिलाइएको बताए । सो सम्मेलनबाट मधेश प्रदेशको समग्र विकासमा टेवा पुग्ने उदेश्य लिइएको अर्थमन्त्री यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण