सहकर्मीकै बयान कागजबाट जेल जान बाध्य भए टेकनारायण पाण्डे
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे आफ्नै सहकर्मीहरुको बयान कागजसमेतको आधारमा जेल जान बाध्य भएका छन् । काठमाडौँ जिल्ला अदालतले शुक्रबार अन्य १५ जनासहित पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको छ ।
उनलाई पुर्पक्षमा पठाउने आधारका रुपमा अदालतले तत्कालीन सहकर्मीहरु यन्तोष प्रधान, फणिन्द्रमणि पोखरेल र सागरमणि पाठकको बयान कागजलाई समेत उल्लेख गरेको छ ।
अदालतको आदेशमा घटनाका क्रममा पाण्डे तत्कालीन गृह मन्त्रालयको सचिव रहेको पुष्टि भएको उल्लेख छ । शरणार्थीहरुको दर्ता प्रकृया र पुनर्स्थापना गराउने कार्य ३१ डिसेम्बर २०१६ मा नै बन्द भएको थियो । युएनएचसीआर जोइन्ट भेरिफिकेशन टिमले भेरिफाइ गरेका ४२९ जनाको नाम विवादित रहेको भन्ने उल्लेख गरेको अवस्थामा पाण्डेले सचिव स्तरीय निर्णयबाट पुनः छुट शरणार्थीको विवरण पेश गर्न कार्यदल गठन गरेको आदेशमा उल्लेख छ । तर, म्याद थप भएपछि थप कार्यादेश दिएको भन्ने देखिएको पनि अदालतको भनाइ छ ।
यस्तै मन्त्रिपरिषदबाट प्राप्त भएको प्रतिवेदनसँग मिल्ने अर्कै नक्कली समानान्तर प्रतिवेदन पाण्डे सचिव भएका बखत तयार भएको देखिएको पनि अदालतको आदेशमा उल्लेख छ ।
प्रतिवेदनका सम्वन्धमा पाण्डेको अस्वभाविक चासो रही उनले ४–५ दिनसम्म प्रतिवेदन राखेको तत्कालीन सम्वन्धित फाँटमा कार्यरत यन्तोष प्रधानले कागज गरेका थिए । यस्तै प्रतिवेदनमा तत्कालिन गृह सचिवको अस्वाभाविक चासो रहेको गृह मन्त्रालयका तत्कालीन सहसचिव फणिन्द्रमणि पोखरेल र सागरमणि पाठकको बयान कागजबाट पनि देखिएको आदेशमा उल्लेख छ ।
थुनछेक आदेशमा भनिएको छ, ‘जाहेरवाला प्रेमराज पन्थीको जाहेरी ब्यहोरामा केशवप्रसाद दुलालले टेकनारायण पाण्डेलाई फोन गरी फोन ह्यान्डसफ्रीमा राख्दा टेकनारायण पाण्डेले जसरी भएपनि काम गरिदिन्छु भनेको भन्ने उल्लेख गरेको, प्रतिवादी केशवप्रसाद दुलाल र यी प्रतिवादी टेकनारायण पाण्डेका बीच भएको सम्वादसमेतबाट यी प्रतिवादीको आरोपित कसूरमा सम्लग्नता रहेको भन्ने देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण