पाँच जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बस्ने ५२ वर्षीय नन्कु बेहना सोही गाउँपालिका-२ स्थित शान्ति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको हो ।
यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका-१० आदर्श नगर बस्ने ५० वर्षीय प्रेम बहादुर डाँगी आफनै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-२ चिसापानी बल्क नम्बर ६ स्थित प्रतिक्षालयमा पाल्पा पूर्वखोला गाउँपालिका-६ घर भएका ५५ वर्षीय टोप बहादुर परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै भोजपुरको भोजपुर नगरपालिका-३ दुम्छा बस्ने ४५ वर्षीया देव कुमारी सुनाम आफ्नै घर नजिक बाटोमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । उता रूपन्देहीको सैनामैना नगरपालिका-३ पुरानो हाट बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण