पत्रकार महासंघ रामेछापमा प्रेस चौतारीको ताला
रामेछाप । नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभएको आरोप लगाउँदै प्रेस चौतारीले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा ताला लगाएको छ । शनिबार प्रेस चौतारीले कालो झन्डा राखेर कार्यालयमा तालाबन्दी गरेको हो ।
पत्रकार महासंघ रामेछापले मापदण्डविपरीत सरकारी जागिरे र निष्क्रिय रहेकालाई पनि राजनीतिक आस्थाको आधारमा सदस्य कायम नै राखेको तर आफ्नो संगठनका सदस्यको सदस्यता भने खारेजको निर्णय गरेको चौतारीले आरोप लगाएको छ । प्रेस चौतारीले निर्णय सच्याउन ४८ घण्टाको समय दिएको भए पनि सो अवधिमा महासंघले निर्णय नसच्याएकाले तालाबन्दी गर्नु परेको प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । पुरानो सदस्यता शुद्धीकरणमा मात्र होइन नयाँ सदस्य सिफारिसमा समेत चौतारी आबद्ध पत्रकार माथि विभेद गरिएकोले बाध्य भएर ताला लगाइएको श्रेष्ठको भनाई ।
प्रेस चौतारी रामेछापले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र आफ्ना गलत निर्णय सच्याएर अघि बढ्न पत्रकार महासंघको नेतृत्वलाई आग्रह गरेको थियो । यो निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने चौतारीले घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण