नेतालाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन् । त्यसैगरी सांसद सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न नचाहनेलाई सरकारले अनुमति दिने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
उनले शिक्षा र स्वास्थ्य उपचारमा रोक्ने काम गर्नु भनेको मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै मेडिकल कलेज खोल्ने र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने कामलाई सरकारले रोक्न नमिल्ने तर्क गरे ।
सांसद सुवालले जिल्ला सरकारी अस्पतालहरुलाई जनशक्ति र उपकरणको अभाव नहुने गरी आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले भने, ‘चिकित्सा शिक्षा निःशुल्क दिने, लाखौं चिकित्सक तयार गरी क्युवा देशले जस्तै अभाव भएको देशमा चिकित्सक पढन पठाउने र क्युबाले जस्तै मेडिकल टुरिज्मलाई अव सुरु गर्ने बेला ढिलो भईसकेको छ । यतातिर मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । र, नेपालमा रोवर्ट सर्जरी सुरु गर्न पनि विलम्ब गर्नु हुँदैन । यसकारण मेडिकल कलेज खोज्न चाहने जतिलाई, स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउन चाहनेजतिलाई हामीले विधेयक पास गरेर दिन जरुरी छ । स्वास्थ्य उपचारको रोक्नु, शिक्षामा रोक्नु भनेको एक किसिमको यो मानवताविरोधी अपराध हो । मान्छेले शिक्षा प्राप्त गर्न नपाउनु, मान्छेले उपचार गर्न नपाउनु भनेको मानवताविरुद्धको अपराध हो । र, अरुअरु देशमा भए यस्तो मानवता विरोधी अपराध गर्ने अधिकारीहरु विरुद्ध मुद्धा चल्छ । र, मानव अधिकार आयोगले एकदमै कडा निर्देशन पनि दिन्छ । र, प्रत्येक प्रदेशमा एउटा अन्तराष्ट्रिय स्तरको सरकारी अस्पताल संचालन गर्नु जरुरी छ । अव उप्रान्त सरकारी नेता र नेता पत्नीको विदेशमा उपचार हुँदैन भनेर मन्त्रीले भन्नु जरुरी छ । ७७ वटै जिल्लाका सरकारी अस्पताललाई उपकरण र जनशक्तिसहित सुविधा सम्पन्न सफा सुग्घर राख्ने प्रतिवद्धता जरुरी छ । ’
सांसद सुवालले नेपालमा पनि क्युवामा जस्तै मेडिकल टुरिज्मको अभियान संचालन गर्न ढिलाई गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
-
६ महिनापछि घर फर्किए तिङ्करवासी
-
कृषि मन्त्रीका ११ महिना, दुध किसानले अझै पाएनन् भुक्तानी
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
-
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु
-
सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति समाजवादी पार्टीको असन्तुष्टि