काठमाडौँ महानगरविरुद्ध मुद्दा
१५ करोड क्षतिपूर्तिको मागसहित हिसानद्वारा अदालतमा मुद्दा दायर
आइतबार, ०३ असार २०८०, २३ : ०५
२
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक मेलामा रोक लगाएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ। हिसानले १५ करोड क्षतिपूर्तिको माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलामा काठमाडौँ महानगरपालिकाले रोक लगाएको थियो। त्यसको विरुद्धमा हिसान अदालत गएको हो। हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर गरिएको कार्यक्रममा महानगरले अनावश्यक रूपमा रोक लगाएको बताए। मेला स्थगित हुँदा आफूहरूको ३० करोडभन्दा बढीको क्षति पुगेको उनको भनाइ छ।
महाननगरबाट पूर्व स्वीकृति नलिएको तथा नतिजा नआउँदै भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै महानगरले रोक लगाएको थियो। हिसानले महानगर र शिक्षा मन्त्रालय दुवैलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण