बाढी प्रभावितको राहत र उद्धारमा खटिन नेता–कार्यकर्तालाई कांग्रेसको अपिल
काठमाडौँ । कांग्रेसले संखुवासभा, ताप्लेजुङ र पाँचथरका बाढी प्रभावितको राहत र उद्धारमा खटिन अपिल गरेको छ । प्रभावितहरुको उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउनका लागि सहयोग गर्न कांग्रेसले पार्टीका नेता कार्यकर्ता, भ्रातृ एवम् शुभेच्छुक संस्थाहरुलाई अपिल गरेको हो । बाढी, पहिरो र डुबानबाट मृत्यु, बेपत्ता भएका र उठिबास लागेका नागरिकहरुप्रति सहानुभूति प्रकट गर्दै कांग्रेसले यस्तो घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
तीन तहकै सरकारबाट यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाउन र थप मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि आवश्यक समन्वय र व्यवस्थित योजना बनाउनका लागि कांग्रेसले आग्रह गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न माग गरे ।
‘प्रभावित जिल्लाका नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पुर्याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण