राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले भन्यो–संस्था फुटेको भन्ने विषय निराधार
आइतबार, ०३ असार २०८०, १९ : ४९

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संस्था फुटेको भन्ने विषय निराधार भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले कार्यसमितिका कुनै पनि सदस्यले संस्था नछोडेको बताएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल औपचारिक रूपमै विभाजन भएको भनी समाचार आएको भन्दै संस्थाले आफ्नो त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केही सङ्गीतकर्मीहरूले दर्ता गरेको नयाँ संस्थाको विषयलाई हाम्रो गौरवमय एकीकृत संस्थासँग जोडेर अतिरञ्जित नगरिदिनुहुन सबैलाई अनुरोध गर्न चाहन्छौँ । हामी हाम्रो मौलिक लोक संगीत र लोकदोहोरी क्षेत्रको उन्नयनका खातिर एकबद्ध थियौँ, छौँ र रहिरहनेछौँ । नेपाली गीत संगीतको क्षेत्र खुलेका हरेक संस्थाहरूलाई स्वागत पनि गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इन्फा अवार्ड २०२५’ का उत्कृष्ट ५ मनोनितलाई प्रमाणपत्र
-
माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन
-
अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिन्छ : गभर्नर पौडेल
-
सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी
-
१० बजे १० समाचार : गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न सुझावदेखि राजावादीको आन्दोलन ‘छिन्नभिन्न’सम्म
-
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमा नाकामा कडाइ