राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले भन्यो–संस्था फुटेको भन्ने विषय निराधार
आइतबार, ०३ असार २०८०, १९ : ४९
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संस्था फुटेको भन्ने विषय निराधार भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले कार्यसमितिका कुनै पनि सदस्यले संस्था नछोडेको बताएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल औपचारिक रूपमै विभाजन भएको भनी समाचार आएको भन्दै संस्थाले आफ्नो त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केही सङ्गीतकर्मीहरूले दर्ता गरेको नयाँ संस्थाको विषयलाई हाम्रो गौरवमय एकीकृत संस्थासँग जोडेर अतिरञ्जित नगरिदिनुहुन सबैलाई अनुरोध गर्न चाहन्छौँ । हामी हाम्रो मौलिक लोक संगीत र लोकदोहोरी क्षेत्रको उन्नयनका खातिर एकबद्ध थियौँ, छौँ र रहिरहनेछौँ । नेपाली गीत संगीतको क्षेत्र खुलेका हरेक संस्थाहरूलाई स्वागत पनि गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण