महानगरका हलमा आज लागेन भारतीय चलचित्र ‘आदिपुरुष’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा अनुरुप आज महानगर भित्रका १७ हलमा फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुषको विरुद्धको महानगरको अभियानमा साथ दिन फिल्मको प्रदर्शन रोकिएको बताएका छन् ।
‘आदिपुरुष’ मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन महानगरले गरेको अभियानमा हाम्रो पनि साथ छ’ उदयले भने, ‘तर खोक्रो राष्ट्रवादको नाममा पुरै हिन्दी फिल्म बन्द गर्नेतिर भने सहमति छैन ।’ यस अगाडि बालेनले आदिपुरुष नामक हिन्दी फिल्ममा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएको भन्दै उक्त संवाद नहटाएसम्म सोमबारदेखि भारतीय फिल्म चल्न नदिने आइतबार बताएका थिए ।
मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकानै सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको छ । काठमाडौँ महानगरका ३२ वडाभित्र १७ वटा फिल्म हल छन् । ती सबै हलमा अहिले आदिपुरुष रोकिएको छ । साथै ललितपुर र भक्तपुरमा पनि सो चलचित्रको रिलिज रोकिएको छ । क्युएफएक्सका बिजनेश प्रबर्द्धक प्रिती गिरीले सुरक्षाका कारण ललितपुर र भक्तपुरका हलमा पनि फिल्म नलगाइएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण