आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालसँग ईएसजी सम्झौता

सोमबार, ०४ असार २०८०, ११ : १७
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (इनन्) बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष सुनिल केसी र इनन्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित युनिभसिटी अफ पोमयु फाबर बार्सिलोनिया स्कुल अफ म्यानेजमेन्ट (युपीफए–बीएसएम) को वातावरणीय,सामाजिक र सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिने छ ।  सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ईएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप