बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालसँग ईएसजी सम्झौता
काठमाडौँ । नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (इनन्) बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष सुनिल केसी र इनन्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित युनिभसिटी अफ पोमयु फाबर बार्सिलोनिया स्कुल अफ म्यानेजमेन्ट (युपीफए–बीएसएम) को वातावरणीय,सामाजिक र सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिने छ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ईएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण