पहिचानवादी र प्रदेश सरकारबीचको चार घण्टा लामो वार्ता निष्कर्षविहीन
विराटनगर । चार घण्टाभन्दा बढी चलेको पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता निष्कर्षविहीन बनेको छ । यद्यपि अर्को वार्ता गर्ने विषयमा भने दुवै पक्षबीच सहमति भएको छ ।
‘छिट्टै अर्को वार्ता गर्ने सहमति भएको कोशी प्रदेश सरकारको वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले बताए ।
विराटनगरको विग होटेलमा आज बिहान ९ बजेदेखि सुरु भएको वार्ता दिउँसो १ बजेसम्म चलेको थियो । कोशी नामकरणको विरुद्धमा आन्दोलनरत पक्षसँग प्रदेश सरकारले औपचारिक वार्ता आव्हान गरेर वार्तामा बसेको यो पहिलो पटक हो ।
पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्ता विना निष्कर्ष टुङ्गिएको बताए । उनले फेरि वार्ता गर्ने सहमति भएको बताए वार्ता टोलीका अर्का सदस्य कुमार लिङ्देनले सरकारी वार्ता टोली सकारात्मक देखिएको बताए । ‘विश्वासको वातावरण बनाउन आग्रह गरेका छौं,’ लिङ्देनले भने, ‘मन्त्रीहरूले प्रदेशका सबै सांसदलाई बोलाइदिने आश्वासन पनि दिएका छन् ।’
कोशी प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छ । यस क्रममा १ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण