परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुँदैन : मन्त्री गुरुङ
सोमबार, ०४ असार २०८०, १५ : ५८
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन नसक्ने बताएका छन् ।
सोमबारबाट काठमाडौँमा सुरु भएको टे«ड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा श्रमजीवी र परजीवी गरी दुई प्रकारका जीवी रहेको उल्लेख गर्दै परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूले सम्मान पाउन नसक्ने बताए ।
मन्त्री गुरुङले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम टे«ड युनियन काँग्रेसले गर्नुपर्ने बताए । उनले ट्रेड युनियन कांग्रेसले मागेर नभई खोसेर आफ्नो अधिकार लिन सक्नुपर्ने बताए ।
मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण