सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्यो : उपप्राध्यापक चलाउने
काठमाडौँ । उपप्राध्यापक प्रेम चलाउन देशमा न्याय मरेको र मानवता हराएको बताएका छन् । आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो चलाउनेले गरेका हुन् ।
आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई बाइपास गरेर सुनुवाइ हुनुभन्दा दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिनु उचित नभएको बताए । उनले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको बताए । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको चलाउनेको जिकिर गरे । सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको उनको आरोप छ ।
आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनले भने, ‘म अदालतको चक्कर काटेको ५ वर्ष भयो । यो देश गुन्डाहरूले राज गरेको देश रहेछ । यहाँ न्याय पनि केही पाइँदो रहेनछ । सरकारले सत्य, न्याय, मानवता मारेको छ । म न्याय खोज्न कहाँ जाऊँ ? अदालतमा दर्ता भएको मुद्दा सरकारले फिर्ता लियो । अब म न्याय खोज्न कहाँ जाऊँ ? त्यसले म समाजमा न्याय खोज्न आएँ । मेरा सबै बाटो बन्द भए । जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ । तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ । ममाथि संगठित अपराध भएको थियो । ममाथि हमला भएको थियो । उनीहरू विद्यार्थी थिएनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण