प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाऔँ : सांसद पौडेल
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाउनुपर्ने सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले कुनै जमिनमा विद्युत्, पानी र यातायातको सुविधा पुर्याएर मात्रै त्यहाँ बस्ती बनाउनुपर्ने बताएका हुन् ।
उनले प्राकृतिक विपद्बाट सिर्जित समस्याहरूलाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने बताए । पौडेलले भने, ‘गाउँका डाँडाकाँडामा भएका बस्तीहरूलाई कुनै जंगलसँग अल्झिएको जमिन छ भने त्यहाँ ल्याएर बस्ती बसाएर विद्युत्, पानी र यातायात पुर्याउने कुरा अगाडी बढायौँ भनेदेखि एकीकृत बस्तीलाई हामी अगाडी बढाउन सक्छौँ । एउटा त्यस्तो प्रकारको अस्पतालमा गएर इमर्जेन्सी वार्ड निर्माण गरेजस्तै बाढी पीडित र प्राकृतिक आपद्जन्य विषयहरूलाई तत्काल सम्बोधन गर्नको निम्ति त्यस प्रकारको मन्त्रालयमा एउटा प्रणालीको व्यवस्था गरियोस् । जहाँ प्रमुख जिल्ला अधिकारीले सिफारिस गर्न बित्तिकै राज्यका निकायले त्यहाँ गएर तुरुन्त राहत दिने काम, जनतालाई राज्यको उपस्थितिको अनुभूति दिलाउने काममा अगाडी बढ्न आवश्यक छ । त्यसो गरियो भने बाढी, पहिरोबाट पीडितलाई व्यवस्थित गर्न सक्छौँ ।’
फरक प्रसङ्गमा सांसद पौडेलले समाज अराजकतातिर गएको भन्दै असत्य र भ्रामक समाचार सम्प्रेषण गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने पनि बताए । उनले भने, ‘समाज अराजकतातिर गएको छ । त्यसको निम्ति छिटोभन्दा छिटो कानुनी व्यवस्था गरेर असत्य भएको, प्रमाणित नभएको समाचार र कसैलाई बदनाम गर्न ल्याउने त्यस प्रकारका समाचारहरूलाई नियमन गर्ने, कानुनी दायराभित्र ल्याउने गरी छिटोभन्दा छिटो प्रचलित कानुनलाई सक्रिय बनाएर वा कानुन आवश्यक पर्यो भने कानुन बनाएर अगाडी बढाउने गरी सञ्चार मन्त्रालयले त्यो प्रकारको भूमिका खेलोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण