बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु

सोमबार, ०४ असार २०८०, १७ : ५८
सोमबार, ०४ असार २०८०

बुटवल । पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु भएको छ । गर्मी याममा घुम्न आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरू डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।  

तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भूत खोला, विद्युत् ड्याम साइड तथा वडा नम्बर २ को खुर्सानी लगायतका स्थानमा डुबेर मृत्यु हुने गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउँपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी ९ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको उनले बताए । यहाँ धेरै जसो गर्मी छल्न आउने पर्यटकहरू यहाँका खोला तथा पोखरीहरूमा आवश्यक सुरक्षा मापदण्ड वितरित फोटो खिच्ने, पौडी खेल्ने लगायतका गतिविधि गर्ने क्रममा दुर्घटना हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप