पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु
बुटवल । पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु भएको छ । गर्मी याममा घुम्न आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरू डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।
तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भूत खोला, विद्युत् ड्याम साइड तथा वडा नम्बर २ को खुर्सानी लगायतका स्थानमा डुबेर मृत्यु हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउँपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी ९ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको उनले बताए । यहाँ धेरै जसो गर्मी छल्न आउने पर्यटकहरू यहाँका खोला तथा पोखरीहरूमा आवश्यक सुरक्षा मापदण्ड वितरित फोटो खिच्ने, पौडी खेल्ने लगायतका गतिविधि गर्ने क्रममा दुर्घटना हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण