ग्रामीण दूरसञ्चार कोषको कार्ययोजना प्रष्ट पार्न सांसद बजगाईँको माग
सोमबार, ०४ असार २०८०, २० : १३
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले ग्रामीण दूरसञ्चार कोष परिचालन नभएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ग्रामीण दूरसञ्चार कोषको कार्ययोजना प्रष्ट पार्न सरकारसँग माग गरेका हुन् ।
सांसद बजगाईँले ग्रामीण दूरसञ्चार कोष परिचालन गर्ने सरकारले १६ अर्ब रुपैयाँ लगेको भएपनि हालसम्म उक्त रकम फिर्ता नभएको बताए ।
उनले भने, 'नेपाल दूरसञ्चार प्राधिकरण मूलतः दुईवटा कोष सञ्चालन गर्छ प्राधिकरण कोष र ग्रामीण दूरसञ्चार कोष । पहिलो कोषले आन्तरिक व्यवस्थापन गर्छ भने दोस्रोले ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार, विद्यालयमा कम्प्युटर, ब्रडब्याण्ड, फाइबर अप्टिक विस्तार गर्ने भन्छ । ३ वर्ष पहिले सरकारले १६ अर्ब लग्यो फिर्ता गरेन अहिले १० औं अर्ब सञ्चित छ यो हाम्रो पैसा हो नि !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण